भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा १० जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा १० जना पक्राउ


२५ चैत्र २०७७, बुधबार


वीरगञ्ज । नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा ३ जना भारतीयसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

पर्साको ग्रामीण क्षेत्रका पेट्रोल पम्पबाट खरिद गरेर भारततर्फ पेट्रोलियम पदार्थ तस्करी गरेको आरोपमा उनीहरूलाई पर्सा प्रहरीले पक्राउ गरेको हो।

पेट्रोलियम पदार्थ तस्करीमा स‌ंलग्न रहेका भारत विहार मोतीहारी पूर्वी चम्पारण भेलाहीका मनोज गुप्ता, ईदरिश मिया र प्रिन्स साह छन्।

यस्तै पेट्रोलियम पदार्थ तस्करी गर्ने क्रममा प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका–२ का सागिर आलम, रामानन्द राम, रविकुमार साह, मुनी साह तेली, जालिम गद्दी, राजकुमार कुर्मी र आश महम्द राउत गद्दीलाई पनि पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले तस्करीमा प्रयोग गरिएका साइकलसहित पेट्रोलियम पदार्थसमेत नियन्त्रणमा लिएको छ।

पेट्रोलियम पदार्थ भारततर्फ तस्करीमा संलग्न रहेका धोबिनी गाउँपालिका–५ लंगडीको इस्लाम आयल स्टोर, जगरनाथपुर गाउँपालिका–२ स्थित विशमिल्लाह आयल स्टोर र वीरगञ्ज महानगरपालिका–१९ बर्वास्थित तिवारी आयल स्टोरलाई कारबाहीका लागि नेपाल आयल निगमको २ नम्बर प्रादेशिक कार्यालय अमलेखगञ्जमा पठाइने पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए।

पक्राउ परेकाहरूलाई भने कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कार्कीले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस