रात्रीकालीन व्यवसाय तथा होटल, रेष्टुरेण्ट ९ बजेपछि बन्द गर्न सरकारको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रात्रीकालीन व्यवसाय तथा होटल, रेष्टुरेण्ट ९ बजेपछि बन्द गर्न सरकारको आग्रह


प्रशासन संवाददाता

२५ चैत्र २०७७, बुधबार


काठमाडौँ । सरकारले रात्रीकालीन व्यवसाय राती ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै रात्रीकालीन व्यवसाय तथा होटल, रेष्टुरेण्टहरू ९ बजेपनि बन्द गर्न आग्रह गरेको हो । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन बढेको भन्दै मन्त्रालयले रात्रीकालीन व्यवसाय बन्द गर्न आग्रह गरेको छ ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा बुधबार जारी सूचनामा संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थामा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

यसैगरी कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

यसैगरी ठूला शहरहरुमा ५ सयभन्दा बढी र साना शहरहरुमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

मन्त्रालयले काठमाडौँ लगायतका शहरहरुमा कोरोना संक्रमण दर बढ्ने क्रममा रहेको दाबी गर्दै शैक्षिक संस्थाहरु र अन्य भीडभाड हुने ठाउँमा सतर्कता अप्नाउन आग्रह गरेको छ ।

जारी सूचनामा भीडभाड हुने स्थान सिनेमा हल, स्वीमिङ पुल, मन्दिर लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । मन्त्रालयले विदेशबाट आउनेहरुका लागि अनिवार्य क्वारेन्टिनमा राख्न समेत आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस