बिस्का : जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बिस्का : जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश


२५ चैत्र २०७७, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्का: जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयले बिस्का: जात्रा नगर्न बरू सामान्य तरिकाले मनाउन निर्देशन दिएको थियो। सोही निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो।

यता भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरिसकेको थियो। बिस्का: जात्रा चैत २८ बाट हुँदैछ। नगरपालिकाद्वारा बुधबार डाकिएको बैठकले रथ तान्ने र यसिं (लिंगो) पनि ठ्ड्याउने निर्णय गरेको हो।

छिमेकी देश भारतमा कोरोनाको नयाँ प्रजातिले महामारीको रूप लिएको र केही स्थानमा कर्फ्यू समेत लगाइसकेको अवस्थामा नेपाल-भारतबीचको खुला सीमाका कारण संक्रमण जोखिम रहेकाले भक्तपुर नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै जात्रा मनाउने निर्णय गरेको छ ।

भक्तपुरका नगर प्रमुख सुनील प्रजापतिले विगतका दिनदेखि नै भक्तपुरले बिस्का: जात्रासँग सम्बन्धित दाफा, भजन, गुठी लगायत सरोकारवालासँग नियमित छलफल गरी निर्णय गर्दै आएको बताउँदै भने, ‘यस वर्ष पनि जनताको भावनालाई सम्मान गर्दै अगाडि बढ्नेछौं।’

सोमबार जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले जात्रा रोक्ने निर्णय गरेको थियो। उनले पनि जनभावना अनुरूप नगरपालिकाले निर्णय गरेकामा आफू सकारात्मक रहेको बताए।

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस