कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु


प्रशासन संवाददाता

२५ चैत्र २०७७, बुधबार


कैलाली । कैलालीको टीकापुर नगरपालिका–१, टीकापुर पार्कमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

आज बिहान ८ बजे नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट टीकापुर नगरपालिका १० बस्ने ६० वर्षीया पद्मा साउदको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले बताएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकलसहित चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस