चलचित्र ‘विवेक’ मा बिपिन र स्वस्तिमा जोडी बाँधिदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चलचित्र ‘विवेक’ मा बिपिन र स्वस्तिमा जोडी बाँधिदै


प्रशासन संवाददाता

२५ चैत्र २०७७, बुधबार


काठमाडौं । निर्देशक माधव वाग्लेले निर्माण एंव निर्देशन गर्ने चलचित्र ‘हिमानी’ तत्काल नबन्ने भएको छ ।

सुपरहिट चलचित्र ‘लुट’ का निर्मातासमेत रहेका वाग्लेले नायक बिपिन कार्की र नायिका स्वस्तिमा खड्कालाई लिएर अर्को चलचित्र ‘विवेक’ निर्माण एवं निर्देशन गर्ने भएका छन् । यो चलचित्रको अडिसन शनिबार जनकपुरमा हुँदैछ र सोही ठाउँमा चलचित्रको छायाँकनसमेत हुने भएको छ ।

जेठबाट छायाँकन सुरु हुने चलचित्रको मुख्य भूमिकामा बिपिन र स्वस्तिमा रहेका छन् । मधेशी युवाको यथार्थ कथामा निर्माण हुने चलचित्रको पटकथा लोकनाथ कोइरालाले लेखेका हुन् ।

चलचित्रको अडिसन पोस्टरमा बिपिन कार्की चित्रण गरिएको टीजर पोस्टर पनि लन्च गरिएको छ । यो चलचित्र नेपाली, मैथिली र भोजपुरी भाषामा निर्माण हुने भएको निर्माण टिमले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस