अफगानिस्तानमा २४ घण्टामा ५९ जना मारिए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अफगानिस्तानमा २४ घण्टामा ५९ जना मारिए


२५ चैत्र २०७७, बुधबार


काबुल । अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ ।

अफगान युद्धको अनुगमन गरिरहेको समूहका अनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकूको ज्यान गएको छ ।

हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू र सात जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ । समूहका अनुसार देशका १५ स्थानमा हिंसाका घटनाहरु भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस