नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा शर्मा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा शर्मा


प्रशासन संवाददाता

२५ चैत्र २०७७, बुधबार


पोर्चुगल । नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु शेर्पा र कोषाध्यक्षमा नीलम घिमिरे निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरूमा शेरबहादुर छन्त्याल, तेज नेपाली तथा सन्तोष न्यौपाने चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य गोपाल बराइलीले पद तथा गोपनियताको शपथ गराए। उनले समग्र पत्रकारिता क्षेत्रको विकासका लागि विदेशमा रहेका पत्रकारहरुको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा केन्द्रिय प्रतिनिधि भगीरथ योगीले निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै विदेशमा रहेर पनि पत्रकारिता गरिरहनु वास्तवमै चुनौतीपूर्ण रहेको उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस