गण्डकी प्रदेशका प्रमुख प्रशासकीय अधिकृतलाई अनिवार्य उपस्थित हुन पत्राचार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गण्डकी प्रदेशका प्रमुख प्रशासकीय अधिकृतलाई अनिवार्य उपस्थित हुन पत्राचार


२४ चैत्र २०७७, मंगलबार


काठमाडौँ । गण्डकी प्रदेशका स्थानीय तहहरूलाई अनिवार्य उपस्थितिका लागि पत्राचार गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरूलाई पत्राचार गर्दै ०७६/०७७ को वार्षिक प्रगति समीक्षा तथा असल अभ्यास आदान प्रदान कार्यक्रममा उपस्थित हुन पत्राचार गरेको हो ।

मन्त्री र सचिवसहितको उपस्थितिमा चैत २९ गतेदेखि चैत ३१ गतेसम्म कुटी रिसोर्ट लेकसाईड, पोखरामा हुने कार्यक्रमका लागि आफ्नो प्रस्तुतीकरणसहित २९ गते आइतबार दिउँसो १२ः३० बजे कार्यक्रम स्थलमा उपस्थित हुन भनेको छ । सो कार्यक्रमको खाना, खाजा र आवासको व्यवस्था आयोजकबाट हुने र दैनिक तथा भ्रमण खर्च आयोजकबाट नव्यहोरिने मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्रालयले प्रदेशका सबै जिल्ला समन्वय अधिकारीहरूलाई पनि उपस्थित हुन भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस