पछिल्लो २४ घण्टामा २६० जना संक्रमित थपिए « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पछिल्लो २४ घण्टामा २६० जना संक्रमित थपिए


प्रशासन संवाददाता

२४ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४७० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार आज ११३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने,हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार ४५५ पुगेको छ।

हाल देशभर १ हजार ९ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस