माओवादी केन्द्रले गर्‍यो ४ संघीय सांसदलाई कारबाही, निलम्बन गरेको पत्र संसद सचिवालयमा दर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्रले गर्‍यो ४ संघीय सांसदलाई कारबाही, निलम्बन गरेको पत्र संसद सचिवालयमा दर्ता


२४ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई कारबाही गरेको निर्णय संघीय संसद सचिवालयमा बुझाएको छ ।

आज माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्य रहेका मन्त्रीहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु शाह सांसद नरहेको जानकारी गराएको हो । राष्ट्रियसभा सदस्य हुँदै गृहमन्त्री बनेका रामबहादुर थापालाई कारवाही गरिएको छैन ।

माओवादीका तर्फबाट ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जामन्त्री, भट्ट उद्योगमन्त्री, चौधरी श्रममन्त्री र शाह शहरी विकास मन्त्री छन् । सत्तारुढ दल नेकपा विभाजित भएपछि माओवादी केन्द्र प्रधानमन्त्री ओलीसँग असन्तुष्ट छ । तर, सोही पार्टीका सांसद हुँदै मन्त्री बनेकाहरुले ओलीलाई साथ दिएपछि कारवाही गरिएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस