सरकारी कागजात किर्ते गरेको आरोपमा वकिल पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकारी कागजात किर्ते गरेको आरोपमा वकिल पक्राउ


२४ चैत्र २०७७, मंगलबार


काठमाडौँ । प्रहरीले सरकारी कागजात किर्ते गरेको आरोपमा एक जना वकिललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले काठमाडौँबाट सोमबार वकिल बद्रिप्रसाद पौडेललाई पक्राउ गरेको हो।

हेटौंडा उप–महानगरपालिका–४ मा ९ कठ्ठा ३ धुर जग्गामा रहेको कम्पनीको शेयर किर्ते कागजात बनाएर पौडेलले बेचेको आरोप छ ।

उनीविरूद्ध हेटौंडास्थित एक कम्पनीले २०७५ सालमै जाहेरी दिएको थियो। भक्तपुर चाँगुनारायण घर हुने उनी जाहेरीपछि फरार भएका थिए।

‘सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गर्न हामीले नियन्त्रणमा लिएका हौं,’ प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले भने,’ हेटौंडाको एउटा कम्पनीमा भएको भवन र जग्गा आफ्नो नाममा लिएर कम्पनी रजिस्ट्रार कार्यालय, भूमि सुधार कार्यालय, मालपोत कार्यालय सबैबाट डकुमेन्ट मिलाएर चार जनालाई बेचेको र त्यसमा संलग्नता थियो।’

उनीमाथि प्रहरीले जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ। भक्तपुर चाँगुनारायण घर भएका उनी वीरगञ्ज कार्यक्षेत्र बनाएर कानुन व्यवसाय गर्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस