अक्षयको ‘सूर्यवंशी’ प्रदर्शन अनिश्चितकाल स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अक्षयको ‘सूर्यवंशी’ प्रदर्शन अनिश्चितकाल स्थगित


प्रशासन संवाददाता

२४ चैत्र २०७७, मंगलबार


काठमाडौँ । बहु प्रतिक्षीत बलिउड चलचित्र ‘सूर्यवंशी’ को प्रदर्शन मिति फेरि रोकिएको छ । भारतमा कोरोना संक्रमण बढ्न थालेपछि निर्माण टिमले चलचित्रको रिलिज अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

रोहित सेट्टी निर्मित तथा निर्देशित उक्त चलचित्र ३० अप्रिल (बैशाख १७) मा प्रदर्शनमा आउने तयारीमा रहेको थियो । यसअघि पनि यो चलचित्र कोरोनाका कारण प्रदर्शन रोकिएको थियो।

संक्रमण बढ्न थालेपछि मुम्बईमा रात्रिकालिन कर्फ्यू लगाइएको छ भने, विकेन्डमा लकडाउन घोषणा गरिएको छ । जसले गर्दा प्रदर्शनको तयारीमा रहेका प्रायः चलचित्रहरुको प्रदर्शन स्थगित भएको हो । यसअघि कोरोनाका कारण ‘चेहरे‘ र ‘बन्टी और बब्ली २’ ले पनि प्रदर्शन रोकेका थिए ।

त्यस्तै अब भने, बलिउड स्टार अभिनेता सलमान खानको ‘राधे’ र अभिनेत्री कंगना रनावतको ‘थलाइवी’ को प्रदर्शन पनि रोकिने अवस्था देखिएको छ ।

चलचित्र ‘सूर्यवंशी’ रोहित सेट्टीको कप सिरिजको चौथो चलचित्र पनि हो । चलचित्रमा अक्षय कुमार, कैटरीना कैफ, अजय देवगन र रणवीर सिंहको अभिनय रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस