खनाल-नेपाल पक्षद्वारा अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १६५ सदस्यीय बागमती प्रदेश कमिटी घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खनाल-नेपाल पक्षद्वारा अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १६५ सदस्यीय बागमती प्रदेश कमिटी घोषणा


२४ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले मंगलबार बागमती प्रदेश कमिटी घोषणा गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको निर्णयमा असन्तुष्ट नेपाल समूहले नेतृ अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १६५ सदस्यीय बागमती प्रदेश कमिटी घोषणा गरेको हो।

काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीचकमिटीका सदस्यहरुलाई नेता माधवकुमार नेपालले सपथ खुवाएका छन्। नेता जीवनराम श्रेष्ठका अनुसार अब जिल्ला कमिटीहरु पनि निर्माण गरिने छ।

शाक्य नेतृत्वको कमिटीका सह-संयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाईं तोकिएका छन्। त्यस्तै सदस्यमा सदस्यमा वसन्त मानन्धर, विष्णु देवकोटा, पेम्बा तामाङ, टेकबहादुर वाइबा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मासहित छन् । यो समितिको सचिव रचना खड्का तोकिएकी छन् ।

दुई दिनअघि मात्रै नेपाल(खनाल समूहले वसन्त मानन्धरको नेतृत्वमा २ सय ५० सदस्य काठमाडौँ जिल्ला कमिटी गठन गरेको थियो । सर्वोच्च अदालतले तत्कालीन एमाले ब्यूँताइदिएपछि पार्टी अध्यक्ष ओलीले पेलेर जान खोजेका छन्।

उनले यसबीचमा वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारबाही गरिसकेका छन्।

यसअघि नै यो समूहले जिल्ला र भ्रातृ संगठनका समानान्तर कमिटी बनाइसकेको छ। संस्थापन पक्षले समानान्तर कमिटीमा बनाउने र बस्ने दुवैलाई कारवाही गर्दै अघि बढ्ने बताएको छ।

हेर्नुहोस् सुची:

Tags :
प्रतिक्रिया दिनुहोस