३०० पटक उठबसको सजाय पाएका एक व्यक्तिको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

३०० पटक उठबसको सजाय पाएका एक व्यक्तिको मृत्यु


एजेन्सी

२४ चैत्र २०७७, मंगलबार


एजेन्सी । फिलिपिन्समा लकडाउनको समयमा बजार जाँदा सजाय पाएका एक व्यक्तिको मृत्यु भएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएको क्वारन्टीन नियमको अवज्ञा गरेको भन्दै प्रहरीले दण्डस्वरूप ३०० पटक उठबस गराएका फिलिपिन्समा एक व्यक्तिको मृत्यु भएको उनको परिवारले जनाएको छ।

बिहीवार स्थानीय समयानुसार साँझको ६ बजेपछि कभाइट प्रान्तमा पानी किन्दै गरेका ड्यारेन मानाओग पेनारेडोन्डोलाई प्रहरीहरूले रोकेका थिए। दण्ड पाएको भोलिपल्ट उनी अचेत भएर लडेका थिए । त्यसको केही समयमै उनको मृत्यु भएको हो ।

कोभिड महामारी नियन्त्रण गर्ने उद्देश्यले लुजोन टापुस्थित कभाइ प्रान्तमा कडा लकडाउन गरिएको छ। जेनरल ट्राएस सिटीका प्रहरी प्रमुख मार्लो सोलेरोले कर्फ्यूसम्बन्धी नियम उल्लङ्घन गर्ने व्यक्तिलाई भौतिक दण्ड दिने नियम नभएको र उनीहरूलाई प्रहरीले सम्झाइबुझाइ मात्रै गर्ने गरेको बताएका छन्।

तर सजाय दिएको पाइए त्यो अस्वीकार्य हुने उनले स्थानीय सञ्चारमाध्यमहरूलाई बताएका छन्। पीडितका एक आफन्त एड्रिएन लुसेनाले पेनारेडोन्डोको मृत्यु भएको जानकारी फेसबुकबाट दिएका थिए।

उनका अनुसार पेनारेडोन्डो र लकडाउनसम्बन्धी नियम उल्लङ्घघन गर्ने अन्य केही व्यक्तिलाई प्रहरीले एकै पटक सकिनेगरी १०० पटकसम्म उठबस गर्न लगाएको थियो। उनका अनुसार सबैले एकै पटक त्यसो गर्न नसके पूरा व्यायाम दोहोर्‍याउनुपर्ने आदेश दिइएको थियो।

त्यसैले उक्त समूहका सबै जना ३०० पटक उठबस गर्न बाध्य भएको बताइएको छ। बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस