आजपनि भारतमा १ लाख संक्रमित, दिल्लीमा रात्रीकालिन कर्फ्यु लगाइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आजपनि भारतमा १ लाख संक्रमित, दिल्लीमा रात्रीकालिन कर्फ्यु लगाइने


प्रशासन संवाददाता

२४ चैत्र २०७७, मंगलबार


दिल्ली । कोरोना संक्रमण बढेपछि भारतको राजधानीमा सरकारले रात्रीकालिन कर्फ्यु लगाउने तयारी गरिरहेको छ । कोरोना दिनप्रतिदिन बढिरहेको हुनाले सरकारले मानिसहरुलाई सतर्कता अपनाउन अपिलसमेत गरिरहेको छ ।

हाल दिल्लीको अवस्था चिन्ताजनक रहेको छ । महाराष्ट्रपछि कोराना नियन्त्रणका लागि भारत सरकारले दिल्लीमा कडाइ गर्न लागेको हो ।

केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनु्सार भारतमा पछिल्लो २४ घण्टामा ९६,९८२ नयाँ संक्रमित थपिएका छन् । डिस्चार्ज हुनेको संख्या ५०,१४३ रहेको छ भने ४४६ जनाको मृत्यु भइसकेको छ।

भारतको आर्थिक राजधानी मुम्बईमा समेत सोमबारदेखि रात्रीकालिन कर्फ्यु लगाइएको छ । मुम्बइमा सिनेमा घर र भीडभाड हुने व्यापारिक थलोहरु बन्द गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस