नाइजेरियाको जेलबाट १८ सय भन्दा बढी कैदी फरार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नाइजेरियाको जेलबाट १८ सय भन्दा बढी कैदी फरार


२४ चैत्र २०७७, मंगलबार


एजेन्सी । नाइजेरियाको जेलबाट १८ सय भन्दा बढी कैदीबनदी फरार भएका छन् । बन्दुकधारीहरूको आक्रमणपछि नाइजेरियाको एउटा जेलमा रहेका कैदीमध्ये १८०० भन्दा बढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्।

सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारी हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए।

प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरूले रकेटबाट फ्याँक्न सकिने ग्रिनेड, स्वचालित बन्दुक, विस्फोटक पदार्थ र राइफल बोकेका थिए।

राष्ट्रपति मुहम्मद बुहारीले आक्रमणलाई ‘अराजकतावादीहरूले’ गरेको ‘आतङ्कवादको कार्य’ भनेका छन्।

उनले सुरक्षा निकायहरूलाई आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्रन निर्देशन दिएका छन्।

द इन्डीजीनीएस पीपल अफ बीयाफ्राका एकजना प्रवक्ताले समाचार संस्था एएफपीलाई सोमवारको आक्रमण पछाडी उक्त समूहको हात रहेको विषय ‘झुटो’ रहेको बताएका छन्।

ज्यानुअरी महिनादेखि दक्षिण–पूर्वी नाइजेरियाका कैयौँ प्रहरी कार्यालय र सवारीसाधनमा आक्रमण गरिएको छ र ठुलो परिमाणमा गोलीगठ्ठा चोरी गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस