नेपाल पक्षका तीन विद्यार्थी नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल पक्षका तीन विद्यार्थी नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही


प्रशासन संवाददाता

२४ चैत्र २०७७, मंगलबार


काठमाडौँ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले नेता माधवकुमार नेपाल पक्षका तीन विद्यार्थी नेतालाई कारबाही गरेको छ।

अनेरास्ववियूका अध्यक्ष ऐन महरले साधारण सदस्यसमेत नरहने गरी आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई मंगलबार कारवाही गरेका हुन्।

नेपाल पक्षका विद्यार्थीहरूले गत चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए।

उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको र पछिल्लोपटक २४ घण्टे स्पष्टीकरण सोधे पनि जवाफ नदिएकोले कारवाही गरेको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनले संगठनको हितविपरीत समानान्तर कमिटी गठन गरेकोले कारवाही गरिएको पनि उल्लेख गरेका छन्। उनीहरुमाथि संगठनको निर्देशन अटेर गरेको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस