बागमती प्रदेशसभाको बैठक आज बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बागमती प्रदेशसभाको बैठक आज बस्दै


२४ चैत्र २०७७, मंगलबार


काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज दिउँसो एक बजे बस्ने भएको छ । आज बस्ने बैठमा राष्ट्रिय सरोकारका विषयमा जानकारी दिइने संसद सचिवालयले जनाएको छ ।

बैठकको कार्यसूचीको अन्तिम टुंगो भने कार्यव्यवस्था परामर्श समितिले लगाउने छ ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रचण्ड–माधव नेपाल समूहले अविश्वास प्रस्ताव पेश गरेपछि बैठक सहजरुपमा बस्न सकेको थिएन । पटक पटक बैठकको मिति तोकिए पनि स्थगित हुँदै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस