सुदूरपश्चिममा एमालेको समानान्तर कमिटी गठन गर्दै भीम रावल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुदूरपश्चिममा एमालेको समानान्तर कमिटी गठन गर्दै भीम रावल


२४ चैत्र २०७७, मंगलबार


काठमाडौँ । सुदूरपश्चिममा नेकपा एमाले नेता भीम रावलले समानान्तर कमिटी गठन गर्ने तयारी गरेको छ । प्रदेश सभाका २५ मध्ये १८ जना सदस्यहरू साथमा लिएर नेकपा एमालेको समानान्तर कमिटी गठन गर्ने नेता रावलको तयारी रहेको स्रोतले जनाएको छ ।

माधव नेपाल पक्षका नेताहरू समानान्तर कमिटी गठन गर्नका लागि सोमबारदेखि धनगढीमा छलफलमा जुटेका छन् । नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट ६ महिनाका लागि माधव नेपाल लगायतका नेताहरुलाई कारबाही गरेपछि देशभर समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले नेता रावललाई ६ महिनाको लागि निलम्बन गरेका छन् । ओलीले एमालेको सुदूरपश्चिम इन्चार्ज समेत रहेका रावललाई हटाएर उनको स्थानमा लेखराज भट्टलाई इन्चार्जकाे जिम्मेवारी दिएका थिए । सोमबारबाट धनगढीमा सुरु भएको प्रदेशस्तरीय भेलामा नेपाल पक्षधर ९ वटै जिल्लाका प्रतिनिधिहरू सहभागी छन् ।

बैठकमा नेपाल समूहका नेता रावलसहित, नेपाल पक्षका प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावल, केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू उपस्थित छन् ।

रावल समूहले सम्भवतः आजै समानान्तर कमिटी घोषणा गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस