प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिँदै


२४ चैत्र २०७७, मंगलबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले आज राजीनामा दिने भएका छन् ।

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आफ्ना तीन जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो । उक्त निर्देशनसँगै मंगलबार दिउँसो एक बजे बस्ने संसदीय दलको बैठक अगाडि एमालेबाट मन्त्री भएका सामाजिक विकास मन्त्री दलबहादुर रावल, अर्थमन्त्री प्रकाश ज्वाला र उद्योग, वन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले राजीनामा दिन लागेका हुन् ।

४० सांसद रहेको कर्णाली प्रदेशसभामा सरकारलाई बहुमतका लागि २१ जना सांसदको समर्थन चाहिन्छ । तर २० जना सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस