मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव माओवादी केन्द्रले लियो फिर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव माओवादी केन्द्रले लियो फिर्ता


२३ चैत्र २०७७, सोमबार


विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ ।

सोमबारको प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गरेका हुन् ।

प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले विशेष परिस्थितिमा दर्ता गरिएको अविश्वास प्रस्ताव वर्तमानमा असान्दर्भिक भएकाले फिर्ता लिइएको बताए ।

नेकपा (एमाले) का नेता राजेन्द्रकुमार राईले भने प्रदेश १ सरकारविरुद्धको प्रस्ताव फिर्ता भए पनि सरकारप्रतिको अविश्वास अझै फिर्ता नभएको बताएका छन् । अविश्वास प्रस्तावका समर्थक राईले अविश्वास प्रस्ताव फिर्ता गर्नुपरे पनि सरकारप्रति आफूहरूको विश्वास नभएको बताए ।

गत पुस १२ गते तत्कालीन नेकपाको प्रचण्ड(माधव समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रदेशमा अविश्वासको प्रस्ताव पास हुने अवस्था थिएन ।

नेकपा एमालेको माधवकुमार नेपाल समूहले चैत १७ गते अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिइसकेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस