उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य


२३ चैत्र २०७७, सोमबार


काठमाडौँ । उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ । पछिल्लो समयमा छिमेकी मुलुक भारत लगायत विभिन्न मुलुकमा कोरोना भाइरस संक्रमण तिव्र रुपमा फैलिरहेको अवस्थालाई मध्य नजर गर्दै संक्रमण नियन्त्रणका लागी उपत्यका प्रवेश गर्न एन्टीजेन परिक्षण अनिवार्य गरेको हो ।

आइतबार बसेको कोभिड १९ जिल्ला संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

उनका अनुसार अब काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्नेछ।

यसका साथै उक्त एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन र यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्‍यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले निर्देशन दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस