म्यानमारका नागरिकको जीवन रक्षा गर्न शान्ति समाजको माग « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

म्यानमारका नागरिकको जीवन रक्षा गर्न शान्ति समाजको माग


२३ चैत्र २०७७, सोमबार


काठमाडौँ । म्यानमार (बर्मा)का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन एवं दबाबका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

सन् २०२१ को फेब्रुअरी १ मा बर्मेली सेनाले कू गरेपछि लोकतन्त्र बहालीका लागि भइरहेको आन्दोलनमा त्यहाँको सेनाले निरन्तर दमन गर्दै आएको समाजले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बर्मामा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको विज्ञप्तिमा जनाइएको छ । यही चैत २५ गते साँझ साढे ६ बजेदेखि ७ बजेसम्म बौद्धनाथ महाचैत्य अगाडि मुखमा कालोपट्टी बाँधी हातमा मैनबत्ती लिएर प्रदर्शन गर्ने कार्यक्रम रहेको महासचिव रामकृष्ण बरालले जानकारी दिए ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार उत्तम पुडासैनीसहित नागरिक अगुवाको सहभागिता रहने जनाइएको छ ।

यसअघि शान्ति समाजले ललितपुरस्थित बर्मेली दूतावास अगाडि र संयुक्त राष्ट्रसंघ कार्यालय अगाडि विरोध प्रदर्शन गरिसकेको छ । शान्ति समाजका जिल्ला शाखाले एक दर्जनभन्दा बढी जिल्लामा म्यानमारमा लोकतन्त्र र शान्ति बहालीको मागसहित प्रदर्शन गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस