ओलीले राजीनामा दिने,नदिनेबारे संसदमा स्पष्ट पार्नुपर्छः प्रधान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओलीले राजीनामा दिने,नदिनेबारे संसदमा स्पष्ट पार्नुपर्छः प्रधान


प्रशासन संवाददाता

२३ चैत्र २०७७, सोमबार


काठमाडौं । नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने वा नदिनेबारे संसदमा स्पष्ट पार्नुपर्ने जानकारी दिएका छन् ।

उनले प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले औपचारीक रुपमै प्रधानमन्त्रीको राजीनामा माग गरिसकेको अवस्थामा प्रधानमन्त्रीको धारण के हो ? भनी प्रश्न गरेका थिए ।

उनले संसदीय प्रणालीमा प्रधानमन्त्रीले जनताको सार्वभौम केन्द्र संसदमा आएर आफ्ना कुरा राख्नुको साटो सार्वजनिक मञ्चमा जथाभावी टिप्पणी गर्दै हिँडेको भनी आलोचनासमेत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस