कर्णाली प्रदेश सरकारबाट एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्णाली प्रदेश सरकारबाट एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिँदै


२३ चैत्र २०७७, सोमबार


सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनजना मन्त्रीले आज समूहिक राजीनामा दिँदैछन् ।

आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन थियो । पार्टी निर्देशनअनुसार संयुक्त रुपमा राजीनामा दिने तयारी गरेको बताइएको छ

माओवादी केन्द्रका नेता मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा छन् ।

यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस