कोरोना सङ्क्रमण बढ्न थालेपछि भक्तपुरको बिस्केट जात्रामा रोक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना सङ्क्रमण बढ्न थालेपछि भक्तपुरको बिस्केट जात्रामा रोक


२३ चैत्र २०७७, सोमबार


काठमाडौँ । भक्तपुरको बिस्केट जात्रा यस वर्ष पनि नहुने भएको छ । स्थानीयले बिस्केट जात्रामा तानिने रथ निर्माणको काम जारी राखेको बेला कोरोना सङ्क्रमण बढ्न थालेको भन्दै स्थानीय प्रशासनले जात्रामा रोक लगाउने निर्णय गरेको हो ।

प्यागोडा शैलीको तीनतले अग्लो भैरवको रथलाई सयौँ व्यक्तिहरूले दुवै तिरबाट तान्नु बिस्केट जात्राको मुख्य आकर्षण हो । बिस्केट जात्रामा उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका साथै आसपासका जिल्लाका हजारौँ व्यक्तिहरूको सहभागिता रहने गर्दछ ।

गत वर्ष पनि कोरोना सङ्क्रमणको कारण स्थानीय प्रशासनले बिस्केट जात्रामा रोक लगाएको थियो । आठ दिन नौ रातसम्म मनाइने बिस्केट जात्रा यस वर्ष चैत २८ गतेबाट सुरु हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस