चीनमा फेरि कोरोना सङ्क्रमण बढ्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चीनमा फेरि कोरोना सङ्क्रमण बढ्दै


२३ चैत्र २०७७, सोमबार


कुन्मिङ । चीनमा पुनः कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेको छ । जनवरी ३१ पछि आइतबार सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् ।

दक्षिणपश्चिमी प्रान्त युनानको रूइली सहरमामात्रै आइतबार १५ जनामा सङ्क्रमण देखिएको छ। म्यानमारसँग सीमा जोडिएको यो सहरमा भेटिएका सबै सङ्क्रमित स्थानीय रूपमा सङ्क्रमित भएका हुन्।

विदेशबाट आएका सङ्क्रमितहरू समेत जोड्दा आइतबार सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ। चीनले लक्षणविहीन सङ्क्रमितलाई सङ्क्रमितको सूचीमा नराखे पनि आइतबार लक्षणविहीन सङ्क्रमितको सङ्ख्या १८ जना थियो।

रूइली सहरमा भेटिएका सङ्क्रमितको जेनेटिक एनालाइसिस गर्दा नयाँ सङ्क्रमण म्यानमारबाट आएको देखिएको छ। आइतबार थपिएकामध्ये ११ जना सङ्क्रमित म्यानमारी नागरिक भएको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अधिकारीहरूले रूइली सहरका नागरिकहरूलाई केही दिनदेखि होम क्वारेन्टिनमा राखेका छन्।

गत सातादेखि त्यहाँ ठूलो मात्रामा परीक्षण भइरहेको छ भने सहर छोड्न र प्रवेश गर्न पनि प्रतिबन्ध लगाइएको छ। कोरोनाको सङ्क्रमण रोक्न अधिकारीहरूले सहरमा खोप अभियानलाई पनि तीव्रता दिएका छन्।

कोरोनाभाइरसको उद्गमथलो चीनमा अहिलेसम्म ९० हजार ३०५ जनामा सङ्क्रमण भएको छ भने ४ हजार ६ सय ३६ जनाले ज्यान गुमाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस