इन्जिनियर एशोसियनको चुनावका लागि एमाले-जसपा गठबन्धन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इन्जिनियर एशोसियनको चुनावका लागि एमाले-जसपा गठबन्धन


२२ चैत्र २०७७, आइतबार


काठमाडौँ । एमाले र जसपा निकट इन्जिनियरहरू आगामी वैशाखमा हुने चुनावमा गठबन्धन बनाउन सहमत भएका छन् ।

एमालेका जनसङ्गठन प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन र जसपा समर्थित राष्ट्रिय इन्जिनियर सङ्घबिच इन्जियिनरर्स एशोसियसनको चुनावमा संयुक्त प्यानल बनाउने सहमति भएको हो ।

आइतबार एमाले समर्थित पिनका अध्यक्ष शम्भु बहादुर श्रेष्ठ र जसपा समर्थित सङ्घका अध्यक्ष भगवान् झाले संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्र तथा प्रदेशहरूमा संयुक्त रूपमा चुनावी तयारी गर्ने जनाएका छन् ।

नेपाल इन्जिनियर एशोसियसनको ३३ औँ केन्द्रीय कार्यकारिणी समिति तथा दोस्रो प्रदेश कार्यकारिणी समितिको चुनाव वैशाख २४ मा हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस