डिजेल, पेट्रोल र मट्टितेलको मूल्य फेरि बढ्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य फेरि बढ्यो


२२ चैत्र २०७७, आइतबार


नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले आइतबार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पुनः बढाएको छ।

निगमले आइतबार एक सूचना जारी गर्दै मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई दुई रुपैयाँले बढाइएको छ।

बढेको मूल्यसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रुपैयाँ पर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस