कर्णाली प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्णाली प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने


प्रशासन संवाददाता

२२ चैत्र २०७७, आइतबार


 

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा (एमाले)का मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने भएका छन्। आइतबार (आज)को संसदीय दलको बैठकमा सरकारमा रहेका एमालेका तीन मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने प्रतिवद्धता जनाएका छन् ।

कर्णाली प्रदेशमा एमालेले चैत ४ गते नै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। यद्यपि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका मन्त्रीहरुले समर्थन कायम रहेको जानकारी दिएका थिए । आइतबार बसेको संसदीय दलको बैठकमा सहभागी मन्त्रीहरुले २४ घण्टाभित्र राजीनामा दिने प्रतिवद्धता जनाएको एमालेका प्रमुख सचेतक गुलावजंग शाहले बताए ।

कर्णाली प्रदेश सरकारमा एमाले माधव नेपाल समूहका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी रहेका छन्।

आइतबारको बैठकले शाहकै संयोजकत्वमा तीन सदस्य रहेको विधान मस्यौदा कार्यदलसमेत बनाएको छ। कार्यदलमा करवीर शाही र मिना रखाल सदस्य छन्। चैत ४ गतेको संसदीय दलको बैठकको निर्णय अनुसार मार्गप्रशस्त गर्न मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस