ओलीले बालुवाटारमा बसेर तमासा मात्र गरे: नेपाल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ओलीले बालुवाटारमा बसेर तमासा मात्र गरे: नेपाल


प्रशासन संवाददाता

२२ चैत्र २०७७, आइतबार


काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बसेर तमासामात्र गरेको बताएका छन् ।

आइतबार ( आज) काठमाडौँमा समानान्तर कमिटी घोषणा गर्न आयोजित भेलामा सम्बोधन गर्दै उनले ओलीले पार्टीलाई गलत बाटोमा लगेको र बालुवाटारमा बसेर तमासा गरेको बताएका हुन् । नेपालले भने,–‘दुई तिहाइको सरकार बनेपछि कम्युनिष्ट पार्टीले अझ राम्रो काम गर्ला भन्ने अपेक्षा रहे पनि ओली सरकारले कुनै पनि क्षेत्रमा राम्रो काम गर्न नसकेन ।’

एक प्रशसंगमा नेता नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आफूलाई गत प्रतिनिधि सभाको निर्वाचनमा हराउन खोजेकोसमेत आरोप लगाएका छन् । उपाध्यक्ष वामदेव गौतमलाई पनि ओलीले नै हराएको उनको जिकिर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस