प्रतिनिधिसभा सदस्य जानकीदेवीले लिइन् शपथ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभा सदस्य जानकीदेवीले लिइन् शपथ


प्रशासन संवाददाता

२२ चैत्र २०७७, आइतबार


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख सापकोटाले उनलाई शपथ गराएका हुन् ।

नेकपा (एमाले) की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा उनी निर्वाचित भएकी हुन् । सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त भएको थियो ।

निर्वाचन आयोगले उनी समावेशी दलित कोटामा निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस