काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहको काठमाडौँ जिल्ला भेला सुरु भएको छ । आज बुद्धनगर पार्टी प्यालेसमा भेला सुरु भएको हो।
भेलालाई एमाले नेपाल र खनालले सम्बोधन गर्ने भएका छन् । भेलाले काठमाडौँ जिल्ला कमिटी गठन गर्दै छ । वसन्त मानन्धरलाई काठमाडौँ जिल्ला अध्यक्ष बनाउने तयारी गरिएको एमाले केन्द्रीय सदस्य एवं प्रदेश सांसद सुरेन्द्र मानन्धरले बताए ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल–खनाल समूहका नेताहरुलाई कारबाही गरेपछि यो समूहले देशभर समानान्तर कमिटी गठनलाई तिब्रता दिएको हो ।