नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कुवेती « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कुवेती


प्रशासन संवाददाता

२२ चैत्र २०७७, आइतबार


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी कुवेती अब्दुल्लाह अलमुताइरीलाई दिइएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।

आगामी जुन महिनामा हुने विश्वकप छनोटका ३ खेल र यही सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा नेपाली टिम सम्हाल्नेछन् । अब्दुल्लाहलाई एक वर्षको जिम्मेवारी दिइएको हो । अब्दुल्लाहले नेपाली राष्ट्रिय टिममा थ्री नेसन्स कप विजेता प्रशिक्षक बाल गोपाल महर्जनको स्थान लिएका हुन् ।

फिफाले विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो ।

उनी एफसी कोचिङ इन्सट्रक्टर समेत हुन् । उनी कतार फुटबल सङ्घको सहयोगमा थ्री नेसन्स कप अगाडि नै नेपाल आइपुगेका थिए ।

यसअघि उनले कतार, किर्गिस्तान, साउदी अरेबिया र कुवेतका विभिन्न टिमको जिम्मेवारी लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस