पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा लिलेन्द्र प्रसाद प्रधान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा लिलेन्द्र प्रसाद प्रधान


२२ चैत्र २०७७, आइतबार


काठमाडौँ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा लिलेन्द्र प्रसाद प्रधान विजयी भएका छन् ।

काठमाडौँमा आयोजित एशोसिएसनको ४२ औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधान नेतृत्वको प्यानल निर्वाचित भएको हो ।

चुनावको नतिजा शनिवार राति सार्वजनिक भएको हो । नयाँ नेतृत्वका लागि प्रधान र नवीन श्रेष्ठ प्यानलसहित चुनावमा उत्रिएका थिए ।

महासचिवमा विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी विजयी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस