विपुल पोखरेलको नेतृत्वमा संयुक्त प्यानल घोषणा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विपुल पोखरेलको नेतृत्वमा संयुक्त प्यानल घोषणा


२१ चैत्र २०७७, शनिबार


काठमाडौँ । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सङ्गठन नेपाललगायत पत्रकारहरूको संस्थाले संयुक्त रूपमा उम्मेदवार घोषणा सभाको आयोजना गरेका छन् ।

नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनका लागि शनिवार राजधानीमा आयोजित कार्यक्रममा विपुल पोखरेल नेतृत्वको महासङ्घ केन्द्रीय समितिको लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकारको संयुक्त प्यानल घोषणा गरिएको हो ।

घोषित उम्मेदवारहरूमा अध्यक्षमा पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्ष महिलामा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी छन् । यस्तै खुला सचिवमा गोविन्दप्रसाद चौलागाईँ, महिला सचिव सुजना अर्याल, आदिवासी जनजाति सचिव नारायण सुन्दर किलम्बू, मधेसी सचिव दीपेन्द्र चौहान, दलित सचिवमा हेम कर्ण विक, एसशोसिएट सचिव पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने छन् ।

खुला सदस्यमा छवि तिवारी, नारायणप्रसाद पङ्गेनी, वासुदेव शर्मा, माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री छन् । महिला सदस्य(खस आर्य)मा सरिता तिम्सिना, महिला सदस्य९मधेसी०मा ललिताकुमारी साह, आदिवासी जनजाति महिला सदस्यमा शान्ता आङबुहाङ, दलित महिला सदस्यमा सरिता बराइली छन् । आदिवासी जनजाति सदस्यमा भीसन राई र आदिवासी जनजाति(महिला)मा सन्चकुमारी लामा तामाङ, दलित सदस्य प्रकाश धौलाकोटी र दलित महिला सदस्यमा राधा नेपाली उम्मेदवार छन् ।

मधेसी सदस्यमा सुभाषप्रसाद साह र मधेसी महिला सदस्यमा रिङ्कुकुमारी मिश्र, सदस्य(अपाङ्गता) मा नवीन रिजाल र अल्पसङ्ख्यकमा इफ्तार हसन, लेखा समिति सदस्य खुलामा मुकुन्दप्रसाद भण्डारी र लेखा समिति सदस्य(महिला)मा देवी सापकोटा छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस