सेती नदीमा डुबेर एक युवकको ज्यान गयो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सेती नदीमा डुबेर एक युवकको ज्यान गयो


२१ चैत्र २०७७, शनिबार


डोटी । डोटीको सेती नदीमा डुबेर शनिवार एक युवकको ज्यान गएको छ ।

दार्चुलाको मालिकार्जुन घर भई हाल सेती प्राविधिक शिक्षालयमा सिभिल इन्जिनियर प्रथम वर्षमा पढ्दै गरेका वर्ष१७ का दीपेन्द्र सीँ धामीको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशी जानकारीले जानकारी दिएका छन् ।

मृतक धामी शिखर नगरपालिका वडा नं. २ मुडेगाउँको कालागाड नजिकै रहेको प्रसिद्ध धार्मिक स्थल सालमुनिमा पूजामा गएको जनाइएको छ ।

एक स्थानीयका अनुसार उनी बस्ने घरबेटीको पूजा कार्यक्रममा सहभागी हुन गएको बेला सेती नदीमा पौडी खेल्ने क्रममा नदीभित्रको हिलोमा अड्किए ज्यान गएको प्रारम्भिक जानकारी छ । धामी नदीमा डुबेको स्थानीयले खबर पाएपछि केही पौडी खेल्न जान्ने युवाहरूले उनलाई नदीबाट निकालेको र त्यतिन्जेल उनको मृत्यु भइसकेको जनाएको छ ।

मृतक धामीका आफन्त पुगेपछि पोस्टमार्टमका लागी जिल्ला अस्पताल डोटीमा लग्ने तयारी भइरहेको त्यसपछि आफन्तको जिम्मा लगाइने निरीक्षक जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस