अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेज कोरोना सङ्क्रमित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेज कोरोना सङ्क्रमित


२१ चैत्र २०७७, शनिबार


ब्युनस आयर्स । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेज काेरोना सङ्क्रमित भएका छन् । कोरोनाको खोप लगाइसकेका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ ।

राष्ट्रपति फर्नान्डेजले ट्वीट गर्दै आफूलाई ज्वरो र हल्का टाउको दुखेपछि एन्टिजेन परीक्षण गराएको र त्यसले कोरोना पोजेटिभ देखाएको बताएका छन् । शुक्रबार ६२ वर्ष पुगेका भएका राष्ट्रपति फर्नान्डेजले आफू आइसोलेसनमा रहे पनि शारीरिक रुपमा तन्दुरुस्त रहेको जानकारी दिएका छन् ।

राष्ट्रपति फर्नान्डेजले रसियाली स्पुतनिक भी खोप लगाएका थिए । उनले दोस्रो डोज पनि गत फेब्रुअरी ११ मा लगाएको राष्ट्रपति कार्यालय स्रोतले एएफपीलाई बताएको छ । अर्जेन्टिनामा हाल कोभिड–१९ को दोस्रो लहर चलेको छ र कोरोना सङ्क्रमितको संख्या दिनहुँ बढेको पाइएको छ ।

अर्जेन्टिनामा कोभिडबाट २३ लाख मानिस सङ्क्रमित भएका र ५५ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस