प्रियंका र आयुषमान बाबुआमा बन्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रियंका र आयुषमान बाबुआमा बन्दै


प्रशासन संवाददाता

२१ चैत्र २०७७, शनिबार


काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी एक होनहार प्रतिभावान कलाकार एवम् नायिका प्रियंका कार्की गर्भवती भएकी छिन् । प्रियंका र उनका श्रीमान् नायक आयुष्मान देशराज जोशीले यो खबर शुक्रबार (हिजो) साँझ सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

उनीहरुले सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रियंका गर्भवती भएको तस्विर सार्जजनिक गरेका थिए । श्रीमानसँगको तस्बिर सार्वजनिक गर्दै प्रियंकाले लेखेकी छिन्, ‘यु क्यान स्टप आस्किङ नाउ । यस, वि आर प्रेग्नेन्ट ।’

केही समय अघिदेखि प्रियंका कार्की गर्भवती भएकी हुन् कि भनेर धेरैले अडकलबाजीसमेत गरिरहेका थिए । लामो समयको प्रेम सम्बन्धलाई उनीहरुले बिवाहमा परिणत गरेका थिए ।  प्रियंका र आयुष्मानले बिवाह गरेको पनि एक वर्ष बितिसक्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस