ताइवानमा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ताइवानमा रेल दुर्घटना हुँदा ५० जनाको मृत्यु


२१ चैत्र २०७७, शनिबार


काठमाडौँ । ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा ५० जनाको मृत्यु भएको छ । दुर्घटनामा केही घाइते भएका छन् ।

यसअघि प्रहरीले कम्तीमा ४० यात्रीको मृत्यु भएको आशङ्का गरेको थियो भने भने अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको जनाएको छ । राजधानी ताइपेइबाट ताइतुङ जाँदै गरेको सो रेलमा ५ सय जना यात्रु थिए ।

ताइवानका राष्ट्रपतिले यो दुर्घटना दशककै ठूलो भएको बताएका छन् । उद्धार गरिएका ६० जनालाई भने अस्पताल पुर्याइएको छ ।

ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् । उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस