खनाल–नेपाल समूहले आज संगठन सृदृढीकरण अभियान घोषणा गर्दै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

खनाल–नेपाल समूहले आज संगठन सृदृढीकरण अभियान घोषणा गर्दै


२१ चैत्र २०७७, शनिबार


काठमाडौं । नेकपा एमाले झलनाथ खनाल–माधव नेपाल समूहले आज संगठन सृदृढीकरण अभियान घोषणा गर्ने भएका छन् ।

आज दिउँसो ३ बजे बस्ने स्थायी कमिटी बैठकले देशव्यापी संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियान घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् ।

खनाल–नेपाल समूहले यसअघि चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला आयोजनासमेत गरेको थियो । त्यसपछि यो समूहले समानान्तर कमिटी गठन गर्दै आइरहेको छ ।

यता एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गुटगत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस