अमेरिकाको संसद भवन अगाडि आक्रमण हुँदा एक प्रहरी अधिकारीको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अमेरिकाको संसद भवन अगाडि आक्रमण हुँदा एक प्रहरी अधिकारीको मृत्यु


२१ चैत्र २०७७, शनिबार


काठमाडौँ। अमेरिकाको संसद भवन अगाडि आक्रमण हुँदा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । (युएस क्यापिटल बिल्डिङ) अगाडी गरिएको आक्रमणमा परि केही घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार एक कार चालकले चक्कुबाट आक्रमण गरेका थिए । सुरुमा ब्यारिकेडमा कार ठोक्काएपछि उनले प्रहरी अधिकारीमाथि आक्रमण गरेका थिए ।

प्रहरी अधिकारीले प्रतिरक्षामा कार चालकमाथि गोली चलाएका थिए । गोली लागेर ती कार चालकको पनि मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणकारी २५ वर्षीय युवक हुन् । उनीविरुद्ध कुनै पनि प्रहरी रेकर्ड नरहेको र सेनासँग पनि सम्बन्ध नदेखिएको बीबीसीको समाचारमा उल्लेख छ । घटनापछि संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

वाशिङ्गटन डिसीका कार्यकारी प्रहरी प्रमुखले पत्रकार सम्मेलनमा यो आक्रमण आतंकवादसँग सम्बन्धित नभएको बताए । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस