१६५ सडकको बालुवाटारबाट एकैसाथ शिलान्यास हुँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

१६५ सडकको बालुवाटारबाट एकैसाथ शिलान्यास हुँदै


२१ चैत्र २०७७, शनिबार


प्रधानमन्त्रीसँगको भेटघाटमा रोक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकै साथ १६५ वटा सडकको शिलान्यास गर्दै छन् । शनिबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारबाटै सडक शिलान्यास हुन लागेका हुन् ।

हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको दरले शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीले बालुवाटारबाट स्वीच थिचेर सडक निर्माणको शुभारम्भ गर्ने छन् ।

यस अघि गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गरेका थिए । सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

सरकारले प्रत्यक निर्वाचन क्षेत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस