अबको ३ वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौँमा : प्रधानमन्त्री ओली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अबको ३ वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौँमा : प्रधानमन्त्री ओली


२० चैत्र २०७७, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौँमा ल्याउने बताएका छन् ।

शुक्रबार काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याउनुपर्ने बताएका हुन् ।

मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको भन्दै उनले भने, ‘प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, । ओलीले याङ्ग्री र लार्केको पानी तीन वर्षभन्दा बढी लाग्नु नहुने भन्दै त्यसैअनुसार तदारुकताका साथ काम गर्न खानेपानी मन्त्रालयलाई निर्देशन समेत दिए ।

त्यस्तै आज राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट मेलम्चीको पानी वितरणको औपचारिक शुरुवात गरेकी थिईन् ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौँमा वितरण सुरु गरिएको छ । हाल काठमाडौँ उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रमुख तिरेशप्रसाद खत्रीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस