वडा कार्यालयमा चोरी गरेको आरोपमा ८ जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वडा कार्यालयमा चोरी गरेको आरोपमा ८ जना पक्राउ


२० चैत्र २०७७, शुक्रबार


काठमाडौँ । बर्दियामा वडा कार्यालय चोरी गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।

जिल्लाको बढैयाताल गाउँपालिका १ को वडा कार्यालयमा रहेको ३ थान कम्प्युटरका सहितका सामाग्री चोरेको आरोपमा बिहीबार ८ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा बढैयाताल गाउँपालिका गाउँपालिका १ का २३ वर्षीय यामबहादुर बिसी, २२ वर्षीय कमल खड्कासहित १ बालक र अन्य रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरूमाथि चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस