गृह मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्दै  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गृह मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्दै 


२० चैत्र २०७७, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालय वैशाख १ गतेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको भवनमा सर्ने भएको छ ।

शुक्रवार गृहमन्त्री रामबहादुर थापा’बादल’ले भवनको निरीक्षण गरेका छन् ।

२०७२ को भूकम्पले प्रधानमन्त्री कार्यालय रहेको सिंहदरवारको मुख्य भवनको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो । प्रधानमन्त्री कार्यालय मर्मत गरिएको पुरानै भवनमा सरेसँगै सो भवनमा गृह मन्त्रालय सर्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस