अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित


प्रशासन संवाददाता

२० चैत्र २०७७, शुक्रबार


काठमाडौं । पछिल्लो समय भारतमा कोरोना भाइरस ह्वात्तै बढेको छ । अन्य व्यक्तीहरु लगाएत कलाकारहरु पनि भाइरसका सिकार भइसकेका छन् ।

बलिउड अभिनेत्री आलिया भट्टलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आलिया आफैले कोरोना पुष्टि भएको जानकारी सञ्जालमार्फत गराएकी हुन् । केही दिन अगाडी उनका प्रेमी तथा अभिनेता रणवीर कपुरलाई पनि कोरोना पुष्टि भएको थियो ।

आलियाले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेकी छिन्,–‘ मलाई कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएको कारण घरमा नै क्वारेन्टिमा बसेकी छु । डाक्टरले दिएको सल्लाहलाई पालन गरेकी छु । तपाईँहरु सबैले आफ्नो ख्याल गर्नुहोला ।’

Tags :
प्रतिक्रिया दिनुहोस