नयाँ चलचित्र साइन गरिन् बेनिशाले « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नयाँ चलचित्र साइन गरिन् बेनिशाले


प्रशासन संवाददाता

२० चैत्र २०७७, शुक्रबार


काठमाडौं । नायिका बेनिशा हमालले नयाँ चलचित्र ‘प्रेमगन्ज’ साइन् गरेकी छिन् । उनले योे भन्दा पहिले ‘भाडाकुटि’ साइन गरेर बसेकी थिइन् । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको सो चलचित्रका लागि केही कलाकार अडिसनबाट पनि छनोट भैसकेका छन् ।

चलचित्रमा कलाकार तेज गिरी र नायिका बेनिशा हमालले काम गर्ने पक्का भएको छ । यो चलचित्रका लागि यसअगाडि नै सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाल अडिसनबाट छनोट भैसकेका छन् ।

निर्देशक परिच्छेद सेनको निर्देशनमा तयार हुन् लागेको चलचित्रलाई त्रिकोणात्मक प्रेम कथामा निर्माण गरिने भएको छ । चलचित्रमा राजु फुयाँलको लगानी रहेको छ भने, अनन्तमान श्रेष्ठ कार्यकारी यसका निर्माता हुन् ।

चलचित्रमा संजय लामाको छायाँकन रहने छ । उक्त चलचित्रको छायाँकन अब चाँडै नै हुने यसको निर्माण टिमले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस