केही स्थानमा वर्षा हुन सक्ने मौसमविद्को अनुमान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

केही स्थानमा वर्षा हुन सक्ने मौसमविद्को अनुमान


प्रशासन संवाददाता

२० चैत्र २०७७, शुक्रबार


काठमाडौँ – देशका पहाडी भू–भागमा शुक्रबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

यस बाहेक अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्। देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

अहिले बिहान देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यातय सफा रहेको छ। अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस