म्यान्मारमा सेनाले लियो ४३ बालबालिकाको ज्यान: सेभ द चिल्ड्रेन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

म्यान्मारमा सेनाले लियो ४३ बालबालिकाको ज्यान: सेभ द चिल्ड्रेन


प्रशासन संवाददाता

२० चैत्र २०७७, शुक्रबार


काडमाडौं । म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले त्यहाँको सुरक्षा अवस्था अझ नराम्रो हुन सक्ने र नियन्त्रणबाहिर जान सक्ने खतरा औँल्याएका छन्।

सुरक्षा फौजहरूले जानाजान, योजनाबद्ध र व्यापक रूपमा घातक बल प्रयोग गरेको प्रमाणहरूबाट देखिएको बताइएको छ । म्यान्मारमा सैन्य कूयता मारिएका पाँच सयभन्दा बढी व्यक्तिमध्ये ९० प्रतिशतले गोली प्रहारबाट ज्यान गुमाएका छन्। तीमध्ये धेरैको टाउकोमा गोली हानिएको र निशानेबाजहरू दिनदहाडै परिचालन गरिएको छ ।

सेनाको कडा निन्दा

शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध भएको हिंसाको राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌ले कडा शब्दमा निन्दा गरेको छ। एक दिनअघि परिषद्‌को एउटा आपत्‌कालीन बैठकमा चीनले म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पुनः अस्वीकार गरिदिएको थियो।

म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रयासमा चीनको अवरोध
म्यान्मारमा सेनाद्वारा एक वर्षको लागि सङ्कटकाल घोषणा
सूची प्रजातन्त्रकी प्रतिमूर्तिको छवि कसरी धूमिल भयो

सैनिक नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव मात्र बढाउने राष्ट्रसङ्घका लागि चिनियाँ दूतले दाबी गरेका थिए। अघिल्लो शनिवार एकै दिन सय जनाभन्दा बढी प्रदर्शनकारी मारिएपछि ब्रिटेनको आग्रहमा परिषद्‌को आपत्‌कालीन बैठक डाकिएको थियो। सेभ द चिल्ड्रेनका अनुसार सैन्य कूयता कम्तीमा ४३ जना बालबालिका सशस्त्र फौजबाट मारिएका छन्।

सू चीविरुद्ध गम्भीर अभियोग
सबैभन्दा कान्छो पीडितको उमेर ६ वर्ष रहेको पाइएको उक्त संस्थाले उल्लेख गरेको छ। एउटा स्थानीय पर्यवेक्षक समूहका अनुसार कूयता मारिनेको सङ्ख्या हालसम्म ५३६ पुगेको छ। यसैबीच, नेत्री आङ सान सू चीविरुद्ध देशको गोपनीयतासम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोग पनि लगाइएको पाइएको छ।

सू चीसहित उनका चारजना साझेदारमाथि गत साता नै अभियोग लगाइए पनि १४ वर्षसम्म जेलसजाय हुन सक्ने अभियोग पनि लगाइएको कुरा अहिले थाहा भएको हो। आमनिर्वाचनमा सू चीको न्याश्नल लीग फर डेमोक्र्यासीले बहुमत ल्याएपछि चुनावमा धाँधली भएको भन्दै सेनाले गत फेब्रुअरीमा सत्ता हातमा लिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस